काठमाडौं/२२ असार
सरकारले बकर इदको अवसरमा असार २६ गते आइतबार देशभर सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयले बुधबार सूचना जारी गरेर इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार बिदा दिइएको बताएको छ ।
उक्त पर्व २०७९ को असार २६ गते आइतबार पर्ने भनेर मुस्लिम आयोगबाट सिफारिस भएअनुसार सो दिन बिदा तोकिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले बताए ।
Featured News
-
2 days agoथाहाको बजेट ९१ करोड
-
3 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
6 days agoथाहा गोल्डकप आजदेखि सुरु

Comments