हेटौंडा/१६ असार
बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा मकवानपुरका एक पुरुष पक्राउ परेका छन्। १३ वर्षीया बालिकालाई करणी गरेको आरोपमा मकवानपुर कैलाश गाउँपालिकाका २० वर्षीय साजन प्रजालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार काठमाडौं कीर्तिपुर नगरपालिका–५ पागांलाछी बस्दै आएका प्रजाले ती किशोरीलाई ललाई फकाई आफ्नै कोठामा लगेर करणी गरेका थिए। प्रजाले जवरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Featured News
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments