थाहानगर/११ असार
लायन्स वर्ष २०२२/०२३ का लागि लायन्स क्लव अफ थाहा पिसको अध्यक्षमा जयराम खत्री निर्वाचित भएका छन् ।
क्लवको शनिबार होटल शंकरमा सम्पन्न छैठौं वार्षिक साधारणसभाले खत्रीलाई अध्यक्षमा निर्वाचित गरेको हो । खत्री पालुङ जेसीजका वर्तमान अध्यक्ष समेत हुन् । यसै गरी प्रथम उपाध्यक्षमा गीता कार्की, द्वितीय उपाध्यक्षमा सत्यदेवी स्याङ्तान, सचिवमा अनित विष्ट र कोषाध्यक्षमा निरज रायमाझी निर्वाचित भएका छन् ।
यसैगरी, लियो क्लव अफ पिस थाहानगरको अध्यक्षमा निशा विष्ट अध्यक्षमा निर्वाचित भएका छन् । लियोको प्रथम उपाध्यक्षमा रोशनी गोपाली, द्वितीय उपाध्यक्षमा बिनित वाइवा, सचिवमा शिशिर कुमार खत्री, कोषाध्यक्षमा सितल विष्ट, सह-सचिवमा स्मिता विष्ट र सह-कोषाध्यक्षमा प्रेरणा खत्री निर्वाचित भएका छन् ।
लायन वर्ष २०२१/०२२ का अध्यक्ष राममाया खत्रीको सभाध्यक्षतामा भएको सभामा प्रमुख अतिथि लायन्स क्लव थाहा पिसका सल्लाहकार तथा थाहा नगरपालिकाका उपमेयर भरत गोपालीले समाजिक कामहरुमा अग्रसर हुनेहरुको साझा संस्था नै लायन्स क्लव रहेको बताउदै थाहाका लायन्सहरुले स्थापनाको छोटो समय मै सामाजिक कार्यमा निस्वार्थ भावले कृयाशील रहेकोमा खुसी व्यक्त गरेका छन् ।
सभामा लायन्स क्लव अफ थाहा पिसका संस्थापक अध्यक्ष सुरेन्द्रमान प्रधानले सामाजिक सेवामा समर्पित हुँदै आफूमा निखारता ल्याउन चाहनेहरु आवद्ध हुने संस्था रहेकोले आफ्नो कमाइको केही हिस्सा र समय लायन्स अभियानमा दिन आग्रह गरे ।
कार्यक्रममा आध्यात्मिक योग गुरु अजय वान प्रस्थी, लियो क्लव डिस्ट्रीक ३२५ बी २ का पीआरओ रुपक कालीराज, पालुङ जेसीजका पूर्व अध्यक्ष मनोज रायमाझी, नव निर्वाचित अध्यक्ष जयराम खत्री, लियोका अध्यक्ष कमल विष्ट, निशा विष्टलगायतेले मन्तव्य व्यक्त गरेका थिए ।
सभामा सचिव र उपाध्यक्षहरुले प्रतिवेदन प्रस्तुत गरेका थिए ।
लायन्स अध्यक्ष खत्री
लियो अध्यक्ष विष्ट
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments