थाहानगर/२७ वैशाख
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गरेको छ ।
सीडीयो कार्यालयले सूचना जारी गर्दै मतदानको दिन वैशाख ३० गते विहान ५ बजेदेखि साँझ ६ बजेसम्म तोकिएका अत्यावश्यक सेवा र अनुमति प्राप्त सवारीसाधन बाहेक सम्पूर्ण निजी तथा सार्वजनिक यातायातका साधनहरू सञ्चालन नगर्न, नगराउन, वैशाख २७ गते राती १२ बजेदेखि वैशाख ३० गते राती १२ बजेसम्म जिल्लाभर मदिराजन्य पदार्थको विक्री वितरण तथा सेवन पूर्णरूपमा बन्द गर्ने, गराउने, मतगणना हुने मतगणना स्थलको ५ सय मिटरको आसपासको क्षेत्रमा मतगणनाको कार्य सम्पन्न नहुँदासम्मको लागि मदिराजन्य पदार्थको बिक्री वितरण तथा सेवन पूर्णरूपमा बन्द गर्ने, गराउने उल्लेख छ ।
सूचना विपरितका कार्य प्रचलित कानून तथा निर्वाचन आचारसंहिता विपरितका कार्य एवं निर्वाचन बिरोधी कुनै किसिमका गतिविधि भएको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ ।
-
2 days agoथाहाको बजेट ९१ करोड
-
3 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
6 days agoथाहा गोल्डकप आजदेखि सुरु

Comments