आशन्न स्थानीय तहको निर्वाचनका लागि थाहा नगरपालिकाका नेकपा एमालेका उमेदवार अचुतम प्रसाद ढकालले गठबन्धनमा कसैको भविष्य नरहेको बताएका छन् ।
चुनावी अभियानका क्रममा बज्रबाराहीका स्थानीयहरुसंग बोल्दै ढकालले थाहा नगरमा अघिल्लो पटक पनि अपवित्र गठबन्धन गर्दै जनतालाई धोका दिएको बताए । 'लक्ष्य विहिन यात्राको गठबन्धन स्वयंको भविष्य त छँदै छैन, त्यसमाथि जनताको भविष्य समेत अन्यौलमा पार्न खोजेको बताए ।'
ढकालले एमालेको चुनावी प्रतिवद्वता पत्र समेत सार्वजनिक गर्दै एमालेको सरकार बन्नेमा विश्वस्त हुँदै भने, 'यो प्रतिवद्वता पत्र सुरक्षित राख्नुस, हामीले जे जे लेखेका छौँ ती सबै क्रमिक रुपले सम्पन्न गर्नेछौं ।' एमालेले सोमबार करिव ८१ बुँदे प्रतिवद्वता पत्र जारी गरेको थियो । घरदैलो अभियानमा एमालेका उमेदवारहरु तथा नेता कार्यकर्ताहरुको सहभागिता थियो । एमालेले गत १४ गतेदेखि नियमित रुपले घरदैलो अभियान सञ्चालन गर्दै आएको छ । 
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments