हेटौंडा/२१ चैत्र
मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ६ मा प्रहरीले ट्रकमा ल्याउँदै गरेको ९० किलो गाँजासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
हिजो साँझ ५ बजे चितवनबाट मनहरीतर्फ जादै गरेको बी आर २५ जि ए ३०९२ भारतीय नम्बर प्लेट भएको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकको क्याबिनको भागमा फल्स बटन बनाइ लुकाएर राखेको अवस्थामा ९० किलो गाँजा फेला पारेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ । प्रहरीका अनुसार ट्रकका चालक पनि भारतीय नागरिक हुन् ।
ट्रक चालक मजफरपुर जिल्ला थाना काटी हरिचन्द्र गाउँ पानापुर बस्ने ३५ वर्षीय असगर अलीलाई गाँजा र ट्रकसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Featured News
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments