हेटौंडा/१८ चैत्र
आउँदो बैशाख ३० गते हुने स्थानी तहको निर्वाचनको लागि मकवानपुरमा एमाले विरुद्ध सत्ता गठवन्धन एक भएर जाने भएका छन् ।
आज हेटौँडामा पत्रकार सम्मेलनको गरि सत्तारुढ दलहरुले मकवानपुरको १० वटै स्थानीय तहको वडा स्तरसम्म गठवन्धन गरेर जाने निर्णय भएको जानकारी दिएको हो ।
नेपाली कांग्रेसको पार्टी कार्यालय हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि गठवन्धनका दलहरुले स्थानीय तहमा एमाले बिरुद्ध गठवन्धन गरेर जाने निर्णय भएको बताईएको हो ।
गठवन्धनको लागि नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा संयोजक रहेको समिति समेत निर्माण गरिएको छ । समितिका सदस्यहरुमा सत्तारुढ दलका मकवानपुर अध्यक्षहरु रहेका छन् ।
Featured News
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments