हेटौंडा/१५ चैत्र
नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरले आगमी चैत्र २५ गतेसम्म स्थानीय तह निर्वाचनको लागि उम्मेद्वारहरु टुंगो लगाउने भएको छ ।
एमाले मकवानपुरको मंगलबार बसेको सचिवालय बैठकले सर्कुलर जारी गर्दै निर्वाचन सम्वन्धी कार्यतालिका निर्माण गरेको छ । कार्यतालिका अनुसार गाउँपालिकाको वडा कमिटीको बैठक चैत्र २३ र २४ गते तथा पालिका बैठक २५ गते तय भएको छ ।
वडा कमिटीको बैठकले वडा अध्यक्षसहित सदस्यहरुको उम्मेदवार तथा पालिका बैठकले प्रमुख/अध्यक्ष तथा उपप्रमुख/उपाध्यक्षको उम्मेदवारहरु तय गरी जिल्ला कमिटीलाई सिफारिस गर्नेछ ।
त्यसैगरी जिल्ला कमिटीको बैठक चैत्र २९ गते बस्ने र जिल्ला कमिटीले स्थानीय प्रदेशलाई उक्त नाम अनुमोदनको लागि सिफारिस गर्नेछ ।
बैठकले पार्टीलाई स्थानीय तहमा विजयी बनाउनको लागि सबै जनसंगठनहरुलाई निर्वाचन केन्द्रीत कार्यक्रमहरुमा परिचालन गर्ने, मतदाता नामवलीको अध्ययन गर्ने, मतदाता शिक्षा कार्यक्रमलाई प्रत्येक वडामा लागु गर्ने लगाएको निर्णय गरेको एमाले मकवानपुरका सचिव नविन सिग्देलले बताए ।
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments