थाहानगर/१४ चैत्र
थाहा नगरपालिका महिला, बालबालिका, अपाङ्ग तथा जेष्ठ नागरिक शाखाको आयोजनामा आज थाहा नगरमा फरक क्षमताका नागरिकहरुलाई सहायता सामाग्री वितरण गरिएको छ ।
थाहा नगरपालिका सामाजिक विकास संयोजक किरणमान बलको अध्यक्षतामा विकास घरमा सम्पन्न भएको वितरण कार्यक्रममा थाहा नगर अपाङ्ग समन्वय समितिका अध्यक्ष मनलाल गोपाली, चितवन अर्थोपेडिक अस्पतालका डा. बिष्णु प्रसाद अधिकारी, सामाजिक विकास समितिका सदस्य जानुका ढकाल, वडा न ३ का वडा सदस्य कविता कार्की, महिला तथा बालबालिका शाखा प्रमुख प्रतिमा मोक्तान, थाहा ४ कार्यवाहक अध्यक्ष नारायण लामाको उपस्थितिमा ९ जना दृष्टिबिहिनलाई सेतो छडी, १२ जना खुट्टा अपाङ्गता भएकालाई बैशाखी, जन्मजात दाहिने खुट्टा नभएको थाहा २ का ४ बर्षका बालक रुसव बिष्टसहित २ जनालाई कृत्रिम खुट्टा र थाहा ७ का एकजना महिला डोल्मा लामालाई अर्थोपेडिक खुट्टा बितरण गरिएको हो ।
सहायता सामाग्री थाहा नगर अपाङ्गता समन्वय समितिले छनोट गरेको आधारमा प्रदान गरिएको हो । सामाग्री वितरण कार्यक्रममा नगर प्रमुख लवशेर विष्टले अपाङ्गता भएको नागरिकको सामाजिक सुरक्षाबाट नगर पञ्छिन नमिल्ने बताउदै फरक क्षमता भएका नागरिकको आधारभुत आवश्यकताको ग्यारेन्टी राज्यले लिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा सामाजिक विकास समिति संयोजक किरणमान बलले अपाङ्गता भएको व्यक्तिको लागि नगरपालिकाद्वारा सिपमुलक तथा आयमुलक तालिमको व्यवस्था गर्नुपर्ने बताउदै आफ्नो कार्यकालमा यस्ता कार्य गर्न नसके पनि अब नयाँ आउने जनप्रतिनिधिलाई सो कार्य गर्न आग्रह गर्नुभयो। (थाहापाटीबाट साभार)
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments