थाहानगर/१३ चैत्र
थाहा ४ नार्खुढाँडमा निर्माणाधिन थाहा बसपार्क तत्काल सञ्चालन गर्न किटेनी बासिन्दाहरुले माग गर्दै थाहा नगर प्रमुख लवशेर विष्टलाई ज्ञापन पत्र बुझाएका छन् ।
५ वर्षदेखि निर्माण थालिएको बसपार्क तत्काल सञ्चालन गर्न माग गर्दै किटेनी बासिन्दाहरुले आज आइतबार थाहा नगरपालिकाका प्रमुख लवशेर बिष्टलाई भेटेका हुन् ।
स्थानीय रामराजा केसी, नविन अधिकारी, सोमप्रकाश विष्टलगायतको टोलीले नगरप्रमुख विष्टलाई भेट गरि तत्काल बसपार्क सञ्चालन गर्नु पर्ने धारणा राखेका थिए ।
स्थानीयको टोलीले बसपार्क संचालन गर्न सक्ने संरचना तयार भइसकेको, शिखरकोटको अस्थायी बस काउन्टरले गर्दा शिखरकोट बजार अस्तव्यस्त हुने गरेको, ट्राफिक समस्या, दुर्घटना हुने कारणले तत्काल बसपार्क सञ्चालनमा ल्याउन माग गरेका थिए । नगर प्रमुख विष्टले हाल ढलान कार्य भइरहेको बताउदै बैशाख महिनाभित्रमा बसपार्क सञ्चालनमा ल्याउने प्रतिवद्वता व्यक्त गरेका छन् ।
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments