हेटौंडा/९ चैत्र
मकवनपुर मनहरीबाट मंगलबार ४२ किलो गाँजासहित ४ जना पक्राउ परेका छन् ।
मनहरी ६ स्थित पूर्व पश्चिम लोकमार्ग सडक खण्डमा मनहरीबाट चितवन तर्फ जाँदै गरेको ना ६ ख ४४०९ नं. को ट्रकमा खोजतलास गर्दा चालक बस्ने सिट पछाडि लुकाई ल्याएको लागुऔषध गाँजा ४२ किलो फेला गरेको मकवानपुर प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
उक्त ट्रकका चालक जिल्ला मकवानपुर मनहरी गाउँपालिका वडा नं. ६ बस्ने बर्ष ३१ को ईश्वर पाठक, सहचालक हेटौंडा उपमहानगरपालिका वडा नं. ११ बस्ने बर्ष २२ को सागर थिङ, सोही ट्रकमा सवार जिल्ला नवलपरासी रामग्राम नगरपालिका वडा नं. १२ बस्ने बर्ष ६० को राजेश प्रसाद रौनियार र सोहि स्थान बस्ने बर्ष ४० की रेश्मा भरलाई उक्त लागुऔषध गाँजा, ट्रक सहित नियन्त्रणमा लिइएको हो ।
उक्त विषयमा थप अनुसन्धान भईरहेको मकवानपुर प्रहरीले जनाएको छ ।
Featured News
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments