थाहानगर/२ चैत्र
मकवानपुर प्रहरीले अफिम जस्तो देखिने पदार्थ ५ किलो र एउटा मोटरसाइकल बरामद गरेको छ ।
आज बुधबार दिउँसो १ बजेको समयमा इलाका प्रहरी कार्यालय मनहरीबाट खाटिएको टोलीले कैलाश गाउँपालिका ७ रतुवाको भित्री सडक खण्ड तामलाङबाट मनहरीतर्फ आउदै गरेको अनटेष्ट २२० सीसी पल्सर मोटरसाइकल सहित सो पदार्थ बरामद गरेको हो ।
प्रहरीले सो मोटरसाइकल रोक्न खोज्दा मोटरसाइकल र झोला छोडेर भागेको प्रहरीले जनाएको छ । सो पदार्थसङ्गै झोलामा १ लाख रुपैयाँ नगद समेत बरामद भएको छ । सो सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Featured News
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments