हेटौंडा/२९ फागुन
मकवानपुर प्रहरीले आइतबार मकवानपुरमा १८० किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।
राक्सिराङ गाउँपालिकाको चैनपुरबाट हेटौंडातर्फ आइरहेको बा ७ च १६०६ नम्बरको पिकअप गाडीलाई मनहरी—७ पुल नजिकै रोकेर खोजतलास गर्दा १८० किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले गाँजासहित सवारी चालक मकवानपुरको हेटौडा उपमहानगरपालिका—१६ बस्ने २९ वर्षिय बुद्धीमान वाईबा, पिकअपमा रहेका सोही स्थानका २९ वर्षिय अर्जुन स्याङ्तान र ३० वर्षिय बिनोद पाख्रिनलाई गाडीसहित नियन्त्रणमा लिएको प्रहरी निरीक्षक रामकुमार सापकोटाले बताए ।
उनीहरुले १०/१० किलो गाँजा १८ वटा प्लास्टिकमा पोको पारेर पिकअपमा ल्याएका थिए ।
Featured News
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments