थाहानगर/१६ फागुन
मकवानपुर प्रहरीले गए राती भैसेबाट ९ किलो ८ सय ग्राम गाँजा र गाँजा बोकेको गाडीसहित ५ जनालाई पक्राउ गरेको छ ।
प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरी टोलीले भिमफेदी वडा नं. २ भैसे चेकपोष्टस्थित सडकमा सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा भिमफेदीबाट हेटौडातर्फ जादै गरेको बा. ०३००१ च ११४४ नं.को टाटा योद्धा गाडीबाट गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो
प्रहरीले भिमफेदी वडा नं. ५ बस्ने वर्ष ३२ को सविन रिजाल, ऐ.ऐ. बस्ने वर्ष २५ को सोम सिं घलान, ऐ.ऐ. बस्ने वर्ष ६० की जुठी माँया घलान, ऐ.ऐ. बस्ने वर्ष ६७ को मान बहादुर घलान, ऐ.ऐ. बस्ने वर्ष ५० को संचार सिं घलानलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
थप अनुसन्धानका लागि जिल्ला अदालत मकवानपुरबाट १५ दिनको म्याद अनुमति लिइ प्रहरी हिरासतमा राखिएको छ ।
Featured News
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments