हेटौंडा/४ फागुन
लागूऔषध कारोबारमा संलग्न दुईजना भारतीयलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।
हेटौंडा–१५, रातोमाटेमा चेकजाँचको क्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले उनीहरुलाई अबैध लागूऔषधसहित नियन्त्रणमा लिएको हो । 
प्रहरीले पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको ना.१ ह ९४५० नम्बरको अटोलाई चेकजाँच गर्दा भारत विहार रक्सौल पूर्वीचम्पारण बस्ने वर्ष ३० वर्षीय अरविन्दकुमार पाण्डे र २६ बर्षीया अमिता साहले अटोमा लुकाएर ल्याएको १ सय ७३ बोतल लागूऔषध डायलेक्स डीसी उनीहरुको साथबाट वरामद गरेको हो।
प्रहरीले उनीहरुलाई बुधबार जिल्ला अदालत हेटौंडामा उपस्थित गराएर १० दिनको म्याथ थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
Featured News
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments