हेटौंडा/२९ माघ
विभिन्न पार्टी परित्याग गरि हेटौंडामा शनिबार एक कार्यक्रमका बीच १०५ जनाले नेकपा एमाले प्रवेश गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाली काङ्ग्रेस र अन्य विभिन्न दलहरु परित्याग गरि आज हेटौँडामा १ सय ५ जना एमालेमा प्रवेश गरेका हुन् ।
आज हेटौँडामा भएको कार्यक्रमबिच राप्रपा हेटौँडा उपमहानगर वडा नंबर ८ का सचिव विजय खतिवडा, तरुण दलका वडा सदस्य विधान कार्की, दिपेन्द्र मोक्तान, काङ्ग्रेस कार्यकर्ता तथा व्यवसायी बलराम थापा, अर्जुन खतिवडा, रोशन कार्की, माओवादी केन्द्रका सरोजकुमार कार्की, राजु मोक्तान, राप्रपाका राजु गिरी, सपना गिरी, निशा कार्कीलगाएत १ सय ५ जना एमालेमा प्रवेश गरेका हुन् ।
नवप्रवेशीलाई वागमती प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणी पौडेल, एमालेकी केन्द्रीय सदस्य जुनेली श्रेष्ठ, वडा नं. ८ का वडा अध्यक्ष गोपाल श्रेष्ठलगाएतले स्वागत गरेका थिए ।
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments