थाहानगर/९ माघ
राष्ट्रिय युवा संघ नेपालको मकवानपुर इञ्चार्जमा युवा महिला नेतृ दिलु घर्ती मनोनित हुनु भएको छ ।
पोखरामा पुस २८ देखि ३० सम्म सम्पन्न राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सचिवालय बैठकबाट अधिवेशन आयोजक कमिटी सदस्यमा मनोनित हुनु भएका घर्तीलाई सचिवालयको दोस्रो बैठकले मकवानपुर इञ्चार्जको जिम्मेवारी दिइएको हो ।
लामो समयदेखि युवा संघको सक्रिय राजनीतिमा रहनु भएका घर्तीले इञ्चार्जको जिम्मेवारी पाएपछि बाइरोड न्यूजलाई प्रतिक्रिया दिदै संगठनको गतिविधिलाई तीब्र वडासम्म पुर्याउन आफ्नो भूमिका रहने बताउनु भयो ।
Featured News
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments