काठमाडौं/२७ पुस
एमालेको प्रदेश अधिवेशनको मिति सरेको छ। एमालेले आगामी ८ माघमा अधिवेशन हुने कार्यतालिका सार्वजनिक गरेको थियो।
तर, कोभिड महामारी पुनः फैलिएसँगै एमालेको प्रदेश अधिवेशन पनि प्रभावित बनेको छ। पछिल्लो समय कोरोना संक्रमण तीव्र फैलिरहेको छ। यही बेला एमालेका जिल्ला अधिवेशन चलिरहेको छ । सरकारले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ।
काठमाडौं, ललितपु र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीले सार्वजनिक स्थानमा भेला र समारोहमा रोक लगाउने तयारी गरेसँगै एमालेले प्रदेश अधिवेशनको मिति सारेको हो।
एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले ८ माघमा तय भएको प्रदेश अधिवेशन सरेको जानकारी दिनुभयो । ८ माघका लागि तोकिएका एमालेका प्रदेश अधिवेशनहरू २८ र २९ माघका लागि सारिएको उहाँले बताउनु भयो ।
Featured News
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments