थाहानगर/१२ पुस
शिखर बचत तथा ऋण सहकारीले आफ्नो ११ औ वार्षिक साधारणसभा सम्पन्न गरेको छ।
आज (सोमबार) विकास घर शिखरकोटमा सम्पन्न भएको साधारणसभामा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठको प्रमुख आतिथ्य तथा सहकारीका अध्यक्ष मधुसूदन बिष्टको अध्यक्षतामा कार्यक्रम भयको हो।
सहकारीका कोषाध्यक्ष मनोज रायमाझीले संस्थाको कारोबारमा उल्लेख्य वृद्धि रहेको बताउदै शेयरपुजी १ करोड २४ लाख पुगेको प्रतिबेदन प्रस्तुत गर्नुभयो । संस्थाले २० लाख मुनाफा आर्जन गर्न सफल रहेको जनाउदै यस बर्ष ८ करोड १८ लाखको कारोबार गर्न सफल रहेको प्रतिवेदनमा उल्लेख छ ।
साधारणसभाको अवसरमा उत्कृष्ट कारोबार गर्ने सदस्यहरु बचत तर्फ शिखर सप्लायर्स, कृष्ण कार्की, रश्मी बिष्ट, राजकुमार पन्थलाई नगदसहित सम्मानपत्र तथा ऋण तर्फ उत्कृष्ट कारोबार गर्नेहरु बिस्णुहरी केसी, निर्मलध्वज कार्की, हेमकुमारी बिष्ट, शिव शंकर चौधरीलाई सम्मान गरिएको थियो ।
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments