थाहानगर/२५ मङ्सिर
मकवानपुर प्रहरीले मकवानपुरको मनहरीमा ४५ किलो लागुऔषध गाँजा बरामद गरेको छ।
मकवनापुरको राक्सिराङ-३ कठारीमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले ४५ किलो लागुऔषध गाँजा बरामद गरेको छ।
गस्तीमा रहेको प्रहरीले सो परिमाणको गाँजा फेला पारेको हो । प्रहरीलाई देखेर गाँजा बोकेर हिडिरहेका २ जनाले सो गाँजा फालेर भागेको प्रहरीले जनाएको छ ।
उक्त गाँजा आवश्यक प्रकियाका लागि जिप्रका ल्याइएको र फरार व्यक्तिको खोजी कार्य भइरहेको मकवानपुर प्रहरीले जनाइएको छ।
Featured News
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments