थाहानगर/२० मङ्सिर
हेटौंडामा जारी अन्तर पालिकास्तरीय फुटबल प्रतियोगितामा आज (सोमबार) भएको खेलमा थाहा नगरपालिकाले गढी गाउँपालिकालाई ४-० गोलअन्तरले हराउदै जितको सुरिवात गरेको छ ।
थाहा नगरपालिकाले अब मङ्सिर २२ गते भिमफेदी गाउँपालिकासङ्ग खेल्नेछ ।
मकवानपुर गढी विरुद्ध थाहानगरको तर्फबाट राजन गोलेले ३ र सन्देश बलले १ गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । प्रतियोगिताका म्यान अफ द म्याच थाहानगरका राजन गोले घोषित भए । उनलाई जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष सानु लामाले ट्रफी हस्तान्तरण गरे ।
मङ्सिर २५ गतेसम्म हुने अन्तरपालिका नकआउट फुटबल प्रतियोगिता जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले आयोजना गरेको हो ।
प्रतियोगितामा मकवानपुरको १० वटै स्थानीय तहको सहभागिता रहेको छ ।
७ लाख ५८ हजार ७५० रुपैयाँ खर्च हुने अनुमान रहेको प्रतियोगिताको उपाधि विजेताले २ लाख रुपैयाँ र उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्ने बताइएको छ ।
प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ तथा अन्य विधागत खेलाडीले ३ हजार रुपैयाँको दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments