Byroad News

Loading...

एमाले १०औं महाधिवेशन आजबाट


एमाले १०औं महाधिवेशन आजबाट

चितवन/१० मङ्सिर 
नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन आजबाट चितवनमा सुरु हुँदै छ । महाधिवेशनको सम्पुर्ण तयारी पुरा भएको छ । एमालेले महाधिवेशनकै उद्घाटनका लागि नारायणी किनारमा भव्य मञ्च बनाएको छ ।

महाधिवेशन स्थलमा मञ्च निर्माण, गैँडाको मस्कट निर्माण सहितका सबै काम पूरा भएको एमालेले जनाएको छ ।

एमाले महाधिवेशनका लागि चितवनका राजमार्ग तथा महाधिवेशन स्थल र बन्दसत्र हुने स्थानलाई सिँगारिएको छ ।

महाधिवेशनको उद्घटन सत्रमा चितवनबाट मात्रै एक लाख र देशभरीबाट पाँच लाख जनसहभागिता जनाउने एमालेको दावी छ । महाधिवेशनका लागि विभिन्न जिल्लाबाट प्रतिनिधिहरु चितवन आएका छन् ।

एमाले महाधिवेशनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने भएको छ । नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा शुक्रबार चितवनमा गएर महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

हेलिकोप्टरबाट आउने कार्यक्रम आउनु हुने बताइएको छ । नारायणी नदी किनारमा हुने महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गरेर दिउँसो १ः१५ बजे उहाँ फर्कनुहुनेछ ।

यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, जनता समाजवादी पार्टी (लोकतान्त्रिक) का महन्थ ठाकुर, राजेन्द्र महतो कार्यक्रममा सहभागीका लागि चिवतन आइसक्नु भएको छ ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने वा नआउने टुङ्गो लागि सकेको छैन । अन्य राजनीतिक दलका नेतासमेत आउने कार्यक्रम रहेको छ ।

महाधिवेशनलाई सम्बोधन गर्न विदेशबाट विभिन्न दलका नेतासमेत सहभागीका लागि चितवन आउदै हुनुहुन्छ ।

Comments

KATHMANDU WEATHER