थाहानगर/३० कात्तिक
नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल थाहा नगर कमिटीले एक स्थानीयलाई उपचार सहयोग हस्तान्तरण गरेको छ ।
केहि समय अघि रुखबाट लडेर थाहा ४ की शारदा अधिकारी घाइते हुनु भएको थियो । अधिकारी स्पाइनल इन्जुरी हस्पिटलमा उपचार गरि हाल घरमा उपचाररत हुनुहुन्छ ।
मङ्गलबार थाहा ४ किटेनीमा बिरामीका श्रीमान रघुनाथ अधिकारी लाई नगद ३३ हजार ३ सय ९० रुपैयाँ हस्तान्तरण गरेको युवा संघ थाहा नगर सचिव सुमन जङ्ग रायमाझीले बताउनु भयो । कार्यक्रममा नेकपा एमाले थाहा ४ का वडा कमिटी अध्यक्ष रामराजा केसी, युवा संघका नगार अध्यक्ष प्रदिप भट्ट, युवा संघ जिल्ला सदस्य सुजन कार्कीलगायतको उपस्तिथि थियो ।
Featured News
-
3 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments