थाहानगर/१९ कात्तिक
बिनय बाबु स्मृति प्रतिष्ठान थाहा नगरपालिकाले आयोजना गरेको बिनयबाबु स्मृति रनिङ शिल्ड जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि आमभन्ज्याङ युवा क्लब मकवानपुरगढीले जितेको छ ।
शुक्रबार थाहा २ फाटबजारमा रहेको खेल मैदानमा भएको फाइनल खेलमा आमभन्ज्याङ युवा क्लबले आयोजक बिनय बाबु स्मृति प्रतिष्ठानलाई २५-१८, २६-२४, १५-२५, २७- २५ को सेटमा पराजित गरि उपाधि चुमेको हो ।
उपाधि जितेसंगै आमभन्ज्याङ युवा क्लबले ५१ हजार ५१ रुपियाँ नगद, शिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गरेका छन् ।
त्यस्तै उपबिजेता आयोजक बिनय बाबु स्मृति प्रतिष्ठानले २६ हजार २६ रुपियाँ नगद, शिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गरेका छन् ।
त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी आमभन्ज्याङ्गका बिशाल गोपाली, उत्कृष्ट स्पाइकर आयोजकका सबिन कार्की, उत्कृष्ट सेटर आमभन्ज्याङ्गका अजय माझी, उत्कृष्ट ब्लकर आयोजकका मनिश लामा, उत्कृष्ट डिफेण्डर आमभन्ज्याङ्गका रोशन गोपाली, उत्कृष्ट कोच आमभन्ज्याङ्गका रन्जन अमात्य, उदयमान खेलाडी आमभन्ज्याङ्गका अमृत तिमिल्सिना घोषित भएका थिए ।
कात्तिक १६ देखि भएको भलिबल प्रतियोगितामा १७ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगिता समापन समारोहकै क्रममा शिक्षा तथा खेलकुदको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउनु भएका जनकल्याण माबि पालुङका प्रधानध्यापक सानोभाई कार्कीलाई दोसल्ला र सम्मानपत्र सहित सम्मान गरिएको थियो ।
प्रतियोगिताको समापन समारोह नेकपा एमाले थाहा नगर कमिटी अध्यक्ष अच्युतम प्रसाद ढकालको प्रमुख आतिथ्यतामा भएको थियो ।
समारोहका विशिष्ट अतिथिहरुमा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईं, थाहा नगरपालिका वडा नं. २ का अध्यक्ष गुप्त बहादुर कार्की, जनकल्याण माबिका प्रधानाध्यापक सानोभाई कार्की रहनुभएको थियो ।
प्रतिष्ठानका उपाध्यक्ष शेखर कार्कीले संचालन गर्नुभएको कार्यकम अध्यक्ष शंकर कार्कीको सभाध्यक्षतामा भएको थियो । कार्यक्रममा विजयी टिम तथा खेलाडीहरुलाई प्रमुख अतिथि नेकपा एमाले थाहानगर अध्यक्ष ढकालले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नु भयो ।
-
6 days ago
तीन महिने अभियानमा जुट्यो थाहा एमाले
-
-
2 weeks ago
थाहालाई मलको थप कोटा तत्काल आउने
Comments