काठमाडौं/८ कात्तिक
काठमाडौंको सिनामंगलमा पक्राउ परेका ११ अफगानी नागरिकलाई अध्यागमन विभागमा बुझाइएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेका ११ जनालाई अध्यागमन ऐन अनुसार कारबाहीका लागि विभागमा बुझाइएको डीआईजी धिरज प्रताप सिंहले बताउनु भयो ।
सीआईबीले अमनुल्लाह मोहम्मदी, अजमल सरिफी, अकम जाजाइ, रोमल होटक, इसनुल्लाह हसेमी, इमरान अलि जादा, मोहम्मद जमराइ सनिकजाई, नजिफा स्तानिकजाइ, मिस्बाह जैनव स्तानिकजाइ, नुरुल हाया स्तानिकजाई, मोहम्मद रायन स्तानिकजाई लाई पक्राउ गरेको थियो ।
तालिबान नेतृत्वले अफगानिस्तानको सत्ता सम्हालेपछि उनीहरु भागेर भारत हुँदै नेपाल प्रवेश गरेका थिए ।
Featured News
-
4 days agoथाहाको बजेट ९१ करोड
-
4 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments