थाहानगर/१३ असोज
नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल थाहा नगर अधिवेशन जेसीज हलमा सुरु भएको छ ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा युवा संघ इन्चार्ज महेश बस्नेतको प्रमुख आतिथ्यतामा अधिवेशन सुरु भएको हो । नगर संयोजक प्रदिप भट्टको अध्यक्षतामा भएको अधिवेशनमा एमाले केन्द्रीय सदस्य रामेश्वर राना, बागमती प्रदेश सदस्य सुवाष चन्द्र ठकुरी, एकालाल श्रेष्ठ, महेश बर्तौला, युथ फोर्सका केन्द्रीय संयोजक क्षितिज थेवे, युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष उर्मिला सुनुवारलगायतको आतिथ्यता छ ।
अधिवेशनले नगर कमिटी निर्माण गर्ने संयोजक भट्टले जानकारी दिनुभयो । कार्यक्रमको अवसरमा विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश गरेका युवाहरुलाई स्वागत गर्ने कार्यक्रम समेत रहेको जनाएको छ ।
Featured News
-
4 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments