हेटौंडा/७ असोज
मकवानपुरको हेटौंडा १६ हटिया स्थित एक ह्याचरीको फोहोर जलाउने क्रममा आगो उछुट्टिएर शरिरमा पर्दा एक जना गम्भीर घाईते भएका छन् ।
बुधबार साँझ हटिया स्थित पोषक वृजर ह्याचरीमा काम गर्ने २८ वर्षीय ओम प्रकाश पौडेल ह्याचरीको फोहोर जलाउने क्रममा अचानक आगो उछुट्टिएर शरिरको विभिन्न भागमा पोल्दा घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता देवेन्द्र दासले जानकारी दिनुभयो । पौडेल दाङ तुल्सिपुर घर भइ सोही उद्योगमा काम गर्दै आएका थिए ।
पौडेललाई उपचारको लागि हेटौंडा अस्पताल लगिएको थियो । हेटौंडा अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि भरतपुर चितवन पठाईएको छ ।
Featured News
-
4 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments