थाहानगर/६ असोज
समान कामको लागि समान ज्याला व्यवहारमा लागू गर्न माग गर्दै अखिल नेपाल महिला संघ (क्रान्तिकारी) थाहा नगर कमिटीले थाहा नगरपालिका प्रमुख लवशेर बिष्टलाई ज्ञापनपत्र बुझाएको छ ।
महिला हिंसामुक्त पालिका घोषणा लगायत महिलासँग सम्बन्धित १२ बुँदे माग राख्दै महिला संघले बुधबार नगर प्रमुखलाई ज्ञापनपत्र बुझाएको हो ।
शिक्षण तथा स्वास्थ्य संस्था वरपर धुम्रपान, मद्यापान र जुवातास निषेध क्षेत्र घोषणा गरिनुपर्ने, माध्यमिक तहसम्म विद्यालयलाई किशोरी मैत्री बनाउनु पर्ने, सेफ हाउस व्यवस्था हुनुपर्ने लगायतका माग ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
ज्ञापन पत्रमा लैंगिक उत्तरदायी बजेट १० प्रतिशतको व्यवस्था गरी महिलाहरुको क्षमता तथा सीप विकास गर्नुपर्ने, सबै महिलाहरुलाई अस्पतालमै सुत्केरी गराउने व्यवस्था हुनुपर्ने, समान कामको समान ज्याला कार्यान्वयन गर्नुपर्ने जस्ता माग उल्लेख छ ।
संगठनका जिल्ला सदस्य पवित्रा ठकुरी, थाहा नगर उपाध्यक्ष मिरा खड्का, सचिव जयन्ती रायमाझी, कोषाध्यक्ष राजी बस्नेत, सदस्य रीता कार्की, कृष्णा रायमाझी, लक्ष्मी रायमाझी, नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सचिवालय सदस्य बिष्णु बिष्ट, थाहा नगर कमिटी सचिवालय सदस्य दिपेन्द्र कुमार थिङ लगायतको उपस्थितिमा ज्ञापन पत्र बुझाएका हुन् ।
महिला संघ (क्रान्तिकारी) को केन्द्रीय कार्यक्रम अनुसार देशैभरका पालिकामा ज्ञापन पत्र बुझाईएको अखिल नेपाल महिला संघ (क्रान्तिकारी) थाहा नगर कमिटी अध्यक्ष शकुन्तला गोपालीले जानकारी दिनुभयो ।
ज्ञापन पत्र बुझ्दै थाहा नगरपालिका प्रमुख लवशेर बिष्टले नगरपालिकाले सम्बन्धित विषयहरुमा ध्यान दिने बताउनुभयो । यस्ता संवेदनशील विषयहरु उठाइ दिएकोमा महिलाहरुलाई धन्यवाद दिँदै प्रमुख बिष्टले कतिपय विषयहरु लागू भइसकेको र बाँकी विषयमा पनि सम्बन्धित क्षेत्रको ध्यानाकर्षण गराउने र यी मागहरु लागू गर्ने बताउनु भयो ।
-
4 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments