हेटौंडा/२२ भदौ
दल फुटाउने अध्यादेशले नेकपा एमाले आधिकारिक रूपमा विभाजन भएपछि एमालेबाट विजयी भएका प्रदेश तथा स्थानीय जनप्रतिनिधिलाई दल रोज्न दिएको समय सकिएको छ ।
निर्वाचन आयोगले गएको भदौ १५ गतेदेखि आज २२ गते मंगलबार ५ बजेसम्म एमालेबाट विजयी भएका जनप्रतिनिधिहरुलाई माधव नेपाल नेतृत्वको नयाँ पार्टी रोज्न समय दिएको थियो ।
हेटौंडा-५ स्थित प्रदेश निर्वाचन कार्यालय अनुसार मकवानपुरमा २ जना प्रमुख र २ जना उपप्रमुख सहित सहित ३९ जना जनप्रतिनिधिले एमाले त्याग गर्दै समाजवादीमा सनाखत गरेका छन्।
सनाखत गर्नेहरुमा मकवानपुरको कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तान, ईन्द्रसरोवर गाउँपालिका अध्यक्ष जीवन लामा, हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख मिना लामा र मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टसहित जिल्लाका विभिन्न स्थानीय तहका केहि वडा अध्यक्षहरु र केही वडा सदस्यहरु रहेका छन् ।
यसैगरि प्रदेश निर्वाचन कार्यालय अनुसार बागमती प्रदेशमा १३ जना प्रदेश सदस्यहरुले नयाँ पार्टी समाजवादीमा सनाखत गरेका छन् ।
-
4 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments