हेटौंडा/२२ भदौ
कोभिड–१९ (कोरोना भाइरस) को कारण स्थगित भएको मकवानपुर उद्योग वाणिज्य संघको ५४ औं साधरणसभा तथा निर्वाचन कार्तिक ७, ८ र ९ गते हुने भएको छ ।
कोरोनाको कारण दुई पटक स्थगित भएको साधरणसभा तथा निर्वाचन आउँदो कार्तिक ७, ८ र ९ गते तय भएको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले जानकारी दिनुभयो ।
यसअघि पहिलो पटक चैत २३ गते हुने भनिएको निर्वाचन कोभिडको कारण देखाउँदै संघले बैशाख १८ गतेको लागि तोकेको थियो तर पुनः कोरोनाको कारण देखाउँदै संघले निर्वाचन दोश्रो पटक स्थगित गरेको थियो।
कोरोना संक्रमणको जोखिम कायम रहेको अवस्थामा स्वास्थ्य मापदण्डको पालना गर्दै साधरणसभा तथा निर्वाचनको तयारी सुरु भएको मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ ।
Featured News
-
4 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments