हेटौंडा/१४ भदौ
जिल्ला प्रशासन कार्यालय मकवानपुरले भोलि भदौ १५ गतेबाट नियमित सेवा प्रवाह गर्ने भएको छ ।
कोरोना संक्रमणको जोखिमका कारण धेरै भिडभाड नहोस् भन्ने उदेश्यले कार्यालयले केही सेवामा लगाएको आलोपालोको व्यवस्था हटाउँदै भोलिबाट नियमित सेवा प्रवाह गर्न लागेको हो ।
प्रशासन कार्यालयले एक सूचना जारी गर्दै भोलिबाट नागरिकता र राहदानी सम्बन्धी सेवामा लगाएको आलोपालो व्यवस्था हटाइएको जनाएको छ ।
जिल्लामा कोरोना भाइरसको संक्रमण दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले साउन २८ गतेबाट नागरिकता र राहदानी सम्बन्धी सेवाहरु निश्चित दिनमा मात्रै प्रदान गर्दै आएको थियो ।
Featured News
-
4 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments