काठमाडौं/१३ भदौ
घुस लिएको आरोपमा त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका दुई जना प्रहरी पक्राउ परेका छन्।
महानगरीय प्रहरी वृत्त बौद्धले आइतबार विमानस्थलबाट दुई जना प्रहरीलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
विमानस्थलमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) सञ्जिब बस्नेत र प्रहरी जवान सुरज खड्कालाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरूले लागुऔषध कारोबारी गर्ने एक महिलासँग ९० हजार घुस लिएको आरोप छ। प्रहरी स्रोतका अनुसार उनीहरूले ती महिलासँग सुरूमा दुई लाख रुपियाँ मागेका थिए।
महिलाले ९० हजारमात्रै दिएपछि उनीहरूले थप १० हजार नगद माग गरिरहेका थिए। ती महिलालाई प्रहरीद्वयले बौद्धमा कार्यरत भएको जानकारी गराएका थिए।
प्रहरीले नै हैरानी दिएपछि महिला बौद्ध वृत्त पुगेकी थिइन्।
'बौद्धमा कार्यरत भएको भनेर चिनाएका थिए। तर महिला बौद्ध पुग्दा प्रहरीद्वय विमानस्थलमा कार्यरत भएको खुलेपछि पक्राउ गर्यौं,' प्रहरी स्रोतले भन्यो, 'ती महिलाले अहिले लागुऔषध कारोबारको काम छाडिसकेको बताएका छन्।'
प्रहरीद्वयले उनीबाट कहिले पैसा लिएको भन्ने परिसरले खुलाएको छैन।
प्रहरीले यस सम्बन्धी थप अनुसन्धान अघि बढाएको छ।
-
4 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments