इन्द्रसरोवर/१० भदौ
निरन्तर वर्षाको कारण मकवानपुरको ईन्द्रसरोबर सल्लेमा पहिरो जाँदा फाखेल हुमाने सडकखण्ड अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले दिनु भएको जानकारी अनुसार ईन्द्रसरोवर -२ सल्लेमा पहिरो जाँदा फाखेल हुमाने सडकखण्ड अवरुद्ध भएको हो ।
निरन्तर वर्षाको कारण हेटौंडाबाट भिमफेदी-कुलेखानी-फाखेल हुदैँ काठमाण्डौं जोड्ने वैकल्पिक मार्ग अवरुद्ध भएको हो।
बिहीबार दिउँसो सडकको माथिबाट लेदो माटो सहितको पहिरोले सडक अवरुद्ध भएको र हाल पनि पानी परिरहेको कारण पहिरो पन्छाउन समस्या भईरहेको प्रवक्ता रिमालको भनाई छ ।
Featured News
-
4 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments