धादिङ/२ भदौ
नौविसे—नागढुङ्गा सडक खण्डको सिस्नेखोलामा सुरुङ मार्ग नजिक सडक माथिबाट खसेको पहिरोको कारण यातायात अवरुद्ध भएको छ ।
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणका क्रममा सडक फराकिलो बनाउन डाँडा काटिएकै स्थानमा पहिरो झर्दा बुधबार विहानदेखि यातायात अवरुद्ध भएको हो ।
सडक अवरुद्ध भएपछि काठमाडौं प्रवेशका लागि तराईलगायत विभिन्न जिल्लाबाट गएका सवारीसाधन अलपत्र छन् ।
सडक खुलाउने प्रयास भइरहे पनि पहिरो ठूलो भएकाले मुस्किल परेको नागढुङ्गा ट्राफिकले जनाएको छ ।
तस्वीर: कमल विष्ट

Featured News
-
4 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments