एजेन्सी/भदौ २
न्युजिल्यान्डमा झन्डै ६ महिनापछि एक जना कोरोनाभाइरसका संक्रमित भेटिएपछि देशव्यापी लकडाउन गरिएको छ।
समाचार संस्था रोयटर्सका अनुसार न्युजिल्यान्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डेनले मंगलबारदेखि लागु हुने गरी लकडाउन घोषणा गरेकी हुन्।
गत फेब्रुअरीपछि त्यहाँ मंगलबार पहिलो पटक एक जनामा कोरोना संक्रमण देखिएको थियो। ५८ वर्षीय ती पुरुषले कोरोनाविरूद्धको खोप लगाएका थिएनन्। उनी अकल्यान्डका हुन्। उनलाई डेल्टा भेरियन्टको कोरोनाभाइरसको संक्रमण भएको बताइएको छ।
संक्रमण पुष्टि हुनासाथ प्रधानमन्त्री अर्डेनले कडाखालको लकडाउन घोषणा गरेकी हुन्। अहिलेसम्म पाँच जनामा संक्रमण फैलिएको पुष्टि भइसकेको छ। अकल्यान्डमा लकडाउन सात दिनसम्म जारी रहनेछ।
झन्डै दुई वर्षअघि सुरू भएको कोरोना महामारीको नियन्त्रणमा न्युजिल्यान्डलाई सफल मुलुक मानिन्छ। त्यहाँ अहिलेसम्म २ हजार पाँच सय मानिसमात्र संक्रमित भएका छन् भने २६ जनाको मृत्यु भएको छ ।
-
4 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments