जुम्ला/२८ साउन
जुम्लामा भालुको आक्रमणबाट दुई जना घाइते भएका छन्।
चन्दननाथ नगरपालिका वडा नम्बर ६ कार्कीवाडामा आज बिहान पौने ५ बजेतिर भालुले आक्रमण गर्दा श्रीमान—श्रीमती घाइते भएका छन्।
दैलेख घर भएका हिमबहादुर रोकाया र उनकी श्रीमती निर्मला थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले बताउनु भयो ।
जुम्ला बजारमा मोवाइल पसल गरिरहेका उनीहरु बिहान कोठाबाट पसल जाँदै थिए। त्यहीबेला भालुले आक्रमण गरेको हो।
निर्मलाको अनुहारमा र हिमबहादुरको टाउको, ढाडमा चोट लागेको प्रहरीले जनाएको छ। उनीहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
जंगलबाट बजार छिरेको भालु अहिले पनि नियन्त्रणमा लिन नसकिएको प्रहरीले जनाएको छ। आक्रमण गर्ने भालु बजारमा छ वा जंगल फर्कियो भन्नेबारे थाहा हुन सकेको छैन।
Featured News
-
4 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments