कास्की/२६ साउन
२६ वर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा पोखरा महानगरपालिका १७ बिरौटा बस्ने स्याङजा अर्जुन चौपारी स्थायी घर भएका ३६ वर्षीय राजु भन्ने ख्याम बहादुर घर्तीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
घर्तीले ती महिलालाई डरत्रास, धाकधम्की समेत दिई पोखरा महानगरपालिका ६ खहरेस्थित एक होटलमा लगि जबरजस्ती करणी उद्योग गरेको भन्ने जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनलाई जबरजस्ती करणी उद्योग सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
Featured News
-
4 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments