कैलाली/२६ साउन
गौरीगंगा नगरपालिका ९ शंकरपुरस्थित सडकमा बा १७ च १३१२ नम्बरको जिपबाट १ थान बाह्रबोर बन्दुक, सोही बन्दुकको कार्टिज १ थान र १ थान पोईन्ट टुटु राइफल र सोही राईफलको १० राउण्ड गोली सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा जिपका चालक धनगढी उपमहानगरपालिका २ बस्ने ४६ वर्षीय मोहित कुमार शाह र जिपमा सवार कैलारी गाँउपालिका ९ बस्ने ५३ वर्षीय खेम राज चौधरी रहेका छन् । उक्त जिपलाई ईलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा जिपभित्र लुकाई राखेको अवस्थामा उक्त हतियार फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुलाई हातहतियार खरखजाना शीर्षक मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
Featured News
-
4 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments