हेटौंडा/२४ साउन
मकवानपुरमा झरना हेर्न आएका एकजनाको झरनामा चिप्लियर मृत्यु भएको छ ।
झरनाको पानीमा हातले खेल्ने क्रममा चिप्लिएर लड्दा झरना तल जमेको पानीमा डुब्दा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिबार मकवानपुर ईन्द्रसरोवर गाउँपालिका वडा नंबर १ ठाडोखोलास्थितमा रहेको मोहिनी झरना हेर्न आएका काठमाडौं नागार्जुन नगरपालिका वडा नंबर ३ बस्ने वर्ष २३ का सन्देश राईको झरनामा चिप्लिएर लड्दा झरना तल जमेको पानिमा डुब्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता देबेन्द्र दासले बताउनु भयो ।
घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
Featured News
-
4 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments