थाहानगर/२३ साउन
जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञाको अवधि एक साता लम्ब्याएको छ ।
कोरोना संक्रमणको जोखिम र संक्रमितको संख्यासमेत दिनप्रतिदिन बढीरहेको भन्दै प्रशासनले जारी निषेधाज्ञालाई एक साता थप गर्ने निर्णय गरेको हो ।
भोलिबाट अन्य सबै क्षेत्रमा पुरानै निर्देशन र अनुमतीलाई कायम गरिएको छ भने पसल खोल्ने समेय घटाइएको छ ।
प्रत्येक दिन बिहान ११ बजेसम्म खोलिदै आएको खाद्यान्न तथा तरकारी पसल बिहान १० बजेसम्म मात्र खोल्न अनुमति दिइएको छ । अन्य व्यवसाय १२ बजे देखि ४ बजेसम्म मात्र सञ्चालनका अनुमति दिइएको छ। सवारी साधनमा जोर विजोर प्रणाली कायम गरिएको छ।
शनिबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा थप गर्दै पसल खोल्ने यस अघिको निर्णयलाई परिमार्जन गरेको हो ।
पछिल्लो पटक थपिएको निषेधाज्ञाको अवधि भोलि राति १२ बजेसम्म रहेको छ। मकवानपुरमा सक्रिय संक्रमितको संख्या ११ सय नाघेको छ ।
-
4 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments