हेटौंडा/२१ साउन
मालपोत कार्यालय मकवानपुरमा आज एक वृद्धा महिला बेहोस भएर लड्दा मृत्यु भएको छ ।
मकवानपुरगढी गाउँपालिका वडा नंबर ६ सामरी घर भएकी ७८ वर्षिया पञ्चमाया गौतमको आज मालपोत परिसरमै मृत्यु भएको हो ।
मालपोत परिसरमा आज दिउँसो एक्कासी बेहोस भएको अवस्थामा वृद्धाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
वृद्धा केहि दिनदेखि अंशबन्डाको जग्गा पासको लागि मालपोत धाइरहेकी थिइन् ।
Featured News
-
4 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments