भीमफेदी/१८ साउन
भैँसे–भीमफेदी सडकखण्डको धोर्सिङमा आइतबार राति गएको ठूलो पहिराेले आज बिहानैदेखि यातायात सेवा अवरुद्ध भएको छ।
भीमफेदी गाउँपालिका–६ धोर्सिङलगायत अन्य पाँच स्थानमा ठूलो सानो पहिरो गएका कारणले भीमफेदी–कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सुमो जिपलगायत अन्य हल्का सवारी पनि भैँसेदेखि पान्द्राङसम्म लाइनबद्ध भएर प्रतीक्षामा रहेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।
धोर्सिङलगायत अन्य स्थानमा दुई स्काभेटरले पहिरो पन्छाउने कार्य गरिरहेको छ । अब केही समयमा बाटो सफा भैसक्ने जनाएको छ ।
Featured News
-
4 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments