पोखरा/१६ साउन
मुलुकमा राजतन्त्र फर्काउने उद्घोष गर्दै आज पोखराबाट एउटा नयाँ राजनीतिक दलको घोषणा भएको छ ।
नारायणप्रसाद कोइरालाको नेतृत्वमा शिक्षा र सुरक्षामा जोड दिँदै गठन गरिएको दल ‘नेपाल प्रतिविम्ब पार्टी’ घोषणा गर्दै सो पार्टीले पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयन्द्र शाहलाई आलंकारिक राज्यप्रमुख बनाउने उद्घोष समेत गरेको छ ।
विशेष गरी प्रतिविम्ब पार्टीले संवैधानिक राजतन्त्रका विषयमा जनमत संग्रह गरी हृदयेन्द्र शाहलाई आलांकारिक राज्य प्रमुख बनाउने उद्घोष गरेको हो ।
यसबाहेक देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था लागू गर्नुपर्ने एजेण्डा पनि सो पार्टीको छ ।
Featured News
-
4 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments