डोटी/१६ साउन
डोटीमा प्रहरी जवान पदको भर्नाको अन्तर्वार्तामा सहभागी भएका चार जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्।
प्रहरी तालिम केन्द्र दिपायलमा अन्तर्वार्ता दिन पुगेका दुई जनालाई शुक्रबार पक्राउ गरिएको हो भने एक जना १० गते र एक जना १४ गते पक्राउ गरेको प्रहरीले जनाएको छ ।
जसमध्ये दुई जना कैलाली र दुई जना बझाङका रहेका छन् । उनीहरूले सक्कली परीक्षार्थीसँग न्यूनतम एक लाखदेखि दुई लाखसम्म रकम लिएर नक्कली परीक्षार्थी बनेको पाइएको प्रहरी श्रोतले जनाएको छ।
अन्तर्वार्ताका क्रममा शङ्कास्पद देखिएपछि पक्राउ परेका नक्कली परीक्षार्थी र रकम दिई अन्तर्वार्तामा अर्को व्यक्ति पठाउने दुवैलाई ‘किर्ते मुद्दामा’ आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक दान बहादुर मल्लले बताउनु भयो । लिखित परीक्षामा पनि नक्कली परीक्षार्थी फेला पर्दै आएकोमा अन्तर्वार्तामासमेत नक्कली परीक्षार्थी फेला पर्न थालेका छन् ।
-
4 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments