धनुषा/१५ साउन
धनुषामा आज (शुक्रबार) एकाबिहानै सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पाँच जना घाइते भएका छन्।
ढल्केवर–जनकपुर राजमार्गको सपही सडकखण्डमा भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेमा महोत्तरीको भङ्गहा नगरपालिका–९ बस्ने दीपक यादव रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।
दुर्घटनामा परी घाइते यादवको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ।
अन्य घाइते पाँच जनाको प्रादेशिक अस्पतालमा नै उपचार भइरहेको छ।
उनीहरुको नाम भने अहिले नखुलेको प्रहरीले जनाएको छ।
आज बिहान ५ बजे ढल्केबर–जनकपुर राजमार्गको लक्ष्मीनियाँ गाउँपालिकास्थित सपही सडकखण्डमा सरकारी नम्बरको स्कारपिओ अनियन्त्रित भएर पुल निर्माणका लागि खनिएको खाल्डोमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
Featured News
-
4 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments