थाहानगर/१० साउन
लागू औषध मुद्दामा कसुर ठहर भई फरार रहेका मकवानपुरका एक जना प्रतिवादी पक्राउ परेका छन् ।
जिल्ला अदालत मकवानपुरले मिति २०७७।०९।२३ गतेको फैसलाले लागूऔषध मुद्दामा ६ महिना कैद र २५ हजार रुपियाँ जरिवाना तोकिएका फरार प्रतिवादी शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा हेटौंडा १० बस्ने वर्ष ३५ को सुरज लामा रहेका छन् । पक्राउ पछि लामालाई जिल्ला अदालत उपस्थित गराई भीमफेदी कारागार पठाइएको प्रवक्ता रिमालले जानकारी दिनुभयो ।
Featured News
-
4 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments