काठमाडौं/१० साउन
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको आपत्तिजनक भिडियो बनाएर टिकटकमा अपलोड गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय, झापाले मेचीनगर–६, बर्मेलीबाट ३५ वर्षीय सोमप्रसाद घिमिरेलाई पक्राउ गरेको साइबर ब्युरोका एसएसपी नविन्द अर्यालले बताउनु भयो ।
पक्राउ परेका घिमिरेलाई ७ दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको छ ।
घिमिरेविरुद्ध विद्युतीय अपराध सम्बन्धी कसुरमा छानबिन हुने प्रहरीले जनाएको छ ।
Featured News
-
4 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments