बाँके/७ साउन
बाँकेमा नुहाउन भनी खोलामा पसेका तीन किशोरको डुबेर मृत्यु भएको छ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ११ श्रृष्टी टोलका अन्दाजी १६ वर्षीय अरिब जसगढ, १७ वर्षीय अरमान जसगढ र सोही वडाको सदरलाइनका रासिद जसगढको मृत्यु भएको छ।
बुधबार बेलुका ५ बजेतिर कोहलपुर नगरपालिका १० चटारस्थित डुडुवा खोलाको बाँधको नहरमा पौडी खेल्ने क्रममा उनीहरू डुबेर बेपत्ता भएका थिए।
इलाका प्रहरी कार्यालय कोहपुरका प्रमुख डीएसपी रविन्द्र खनालका अनुसार खोजी गर्ने क्रममा तीन जनाको शव फेला परेको थियो । अन्य दुई जनाको सकुशल उद्दार गरिएको छ ।
बिदाको दिनमा एकै उमेर समूहका युवाहरू कपाल काटेपछि घुम्दै जाने क्रममा खोलामा नुहाउन भनेर पसेको प्रहरीको भनाई छ ।
सबैको शव पोष्टमार्टमको लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको छ।
Featured News
-
4 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments