मलेखु/५ साउन
लायन्स क्लव अन्तरास्ट्रिय जिल्ला ३२५ बि १ अन्तर्गत जोन १३७ र १३८ का ७ वटा क्लवहरुको संयुक्त पदस्थापन मङ्गलबार धादिङको मलेखुमा सम्पन्न भएको छ ।
डिस्ट्रीक्ट गभर्नर बिश्वेश्वर आचार्यको प्रमुख आतिथ्यता भएको समारोहमा लायन्स पिन लगाएर र ग्यावल हस्तान्तरण गरेर पदस्थापन गरिएको हो । लायन्स क्लवहरु धुनबेसी टाउन, थाहा पिस, काठमाडौं पिस सेतीकाली, धादिङ सल्यानटार, धादिङ निलकन्ठ, धादिङ गजुरी र धादिङ मलेखुको पदस्थापन गरिएको हो ।
समारोहमा डिस्ट्रीक चिफ एड्भाइजर राजेन्द्र बाटाजु, डिस्ट्रीक को-चिफ एड्भाइजर भीमलाल पौड्याल, क्लष्टर चिफ टेकनाथ पौड्याललगायतको आतिथ्यता थियो ।
सो क्रममा लायन्स क्लव अफ थाहा पिसका सल्लाहकार भरत गोपाली, संस्थापक अध्यक्ष सुरेन्द्रमान प्रधान, अध्यक्ष राममाया खत्री, पूर्व अध्यक्ष बिक्रम केसी, प्रथम उपाध्यक्ष जयराम खत्री, सचिव सत्यदेवी स्याङ्तान, सदस्य अनिल घलानको सहभागिता थियो ।
कार्यक्रमको अवसरमा क्लवका निवर्तमान अध्यक्षहरुले रिपोर्टिङ गर्नु भएको थियो ।
-
4 days agoथाहाको बजेट ९१ करोड
-
5 days agoडाँका चोरी अभियोगमा तीन जना पक्राउ
-
1 week agoथाहा गोल्डकप आजदेखि सुरु

Comments