Byroad News

Loading...

राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा अब ३६ खेलाडी बाँकी


राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा अब ३६ खेलाडी बाँकी

काठमाडौं/३० असार
राष्ट्रिय फुटबल टोलीको तयारीका लागि बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीमध्ये १४ जना खेलाडी निकालिएका छन् ।

राष्ट्रिय टोली छनौटका क्रममा उनीहरुलाई प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले हटाएको अखिल नेपाल फुटबल संघ—एन्फाले जनाएको छ। अब बन्द प्रशिक्षणमा ३६ खेलाडी रहनेछन् ।

नेपालले निकट भविष्यमा साफ च्याम्पियनसिप र एएफसी एसिया कप छनौट खेल्दै छ । विशाल सुनार, अमित तामाङ, विवेक बस्नेत, दर्शन गुरुङ, दोन थापा, गौरव बुढाथोकी, मिक्चेन तामाङ, निरज बस्नेत, निशान खड्का, प्रिजेन तामाङ, रवि पासवान, सेसेहाङ आङदेम्बे, शिशिर लेखी र सुदिल राई छनौटमा अगाडि बढ्न नसकेका हुन्।

Comments

KATHMANDU WEATHER